नेवा: मिस पूच:का सदस्यहरुले चप्पल र थैली बनाउँन सिके
पाेखरा | कात्तिक २१, २०७९
पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पूचः नयाँसडकको आयोजनामा पुचःका ३२ सदस्यले मखमलको चप्पल र थैली बनाउने तालिम लिएका छन् ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सवल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलाहरुलाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे ।
‘हामीसँग महिलाहरुले संचालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरणहरु छन्’,उनले भने,‘तर, व्यवसाय गर्नु अगाडि महिलाहरुले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ ।’पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठीहरु सहायक हुने धारणा राखिन् ।
नेवा: मिसा पूचः न्यूरोड तथा कार्यक्रमकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १६ देखि २६ गतेसम्म आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेलामा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता पनि उनको रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट जुना श्रेष्ठ,प्रशिक्षकको तर्फबाट जमर कँडेल,नेवाःपूचःन्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ,नेवाः मिसा पूचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ,नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदासलगायतले मन्तव्य व्यक्त गरेका कार्यक्रम संचालक तथा सचिव प्रिति प्रधान श्रेष्ठले जानकारी दिइन् ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

